Like us on facebook

Advertisements

  • नेपाली चलचित्र क्षेत्रको अस्तित्व सरकारले नस्विकारेकै हो त ?

    कलिउड अपडेट , काठमाण्डाै  ।
    विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस ले हरेक क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष असर परेको छ । लामो समयको लकडाउनको मारमा जो कोहि पनि परेका छन् । नेपालपनि यो कोरोना भाइरसको महामारीबाट नपिल्सिने कुरै रहेन । यहाँ पनि हरेक क्षेत्रमा यसको प्रभाव पर्यो । लामो समयको लकडाउन पछि व्यावसायीहरुको व्यापार धराप पर्न थाले पछि सुरक्षित तवरले सन्चालन गर्ने गरि ति व्यावसायहरु सन्चालमा आए । अहिले यातायात व्यावसाय , हवाइ उडान , रेष्टुरेन्ट तथा होटल व्यावसाय , लत्ताकपडा , सुपरमार्केट देखि चिया पसल सम्म खुसि सके । बिधालयलाइ पनि सुरक्षित रुपमा सन्चालन गर्न दिने निर्णय भइसक्दा पनि फिल्म हल भने अझै खुल्न सकेको छैन । के फिल्म हलमा मात्रै कोरोना भाइरस को बास हुन्छ ? के फिल्म हलमा छिर्ने बित्तिकै कोरोना लागि हाल्छ त ? पक्कै पनि होइन, खचाखच भरिएको बस भन्दा धेरै गुणा सुरक्षित त फिल्म हल हुन्छ , जहाँ एक समुह छिरे पछि ३ घण्टा अरु व्यक्ति छिर्न पाउदैन । काठमाण्डौको रिङ रोडमा चल्ने एक बसमा ३ घण्टामा कति चढ्छन् कति ओर्लन्छन् , कतिले माक्स लगाएका हुन्छन् कतिले सेनिटाइजर लगाएका होलान ? अनि के ति सबै यात्रुको तामक्रम चेकजाँच गरिएको होला त ? तर यो सबै फिल्महलमा त सम्भव छ ।


    तापक्रम नाप्ने , अनिबार्य माक्स र सेनिटाइजर लगाउने भौतिक दुरी कायम गर्ने यी सबै मापदण्ड फिल्म हलमा सहज पनि हुन्छ । तर सरकारले नेपालमा पनि फिल्म बन्छन् र फिल्म बाट हजारौको घर चलेको छ भनेर बिर्सियो । हल खोल्नु भनेको हल व्यवसायीको नाफाको लागी मात्र हो भनेर बुझियो । सम्वन्धित संघ सस्थाले समयमा चासो देखाएनन् । हलव्यावसायीहरुले अलटिमेटेम दिएनन् । आन्दोलनको घोषणा गरेनन् । सायद आज सम्म पनि हल बन्द हुनुमा यी मध्ये कुनै एक कारण होलान् ।
    फिल्म हल खोल्नु भनेको हलवालाको लागी मात्र होइन । समग्र फिल्म क्षेत्रकै लागी हो । धेरै निर्माता फिल्म हातमा लिएर रिलिज गर्न तम्तयार भएर बसेका छन् । ति फिल्मका गीतहरु हिट भएर पनि पुराना भइसके । ऋण लिएर बनाएका फिल्म रिलिज नहँदा निर्माता मारमा परेका छन नै बनेको फिल्म नै रिलिज नभए पछि अर्को फिल्म बनाउन पनि सकिरहेका छैनन् ।
    अहिलेको समयमा कोरोना भाइरसको महामारीमा सुरक्षित हुदै अगाडि बढ्नु पर्ने समय आएको छ । फिल्म क्षेत्रमा पनि हजारौ व्यक्ति निर्भर छन् भन्ने सरकारले बुझ्न जरुरी छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4