असोज ३ , कलिउड अपडेट ।
असोज ३ गते यो दिन इतिहासले सम्झने छ किनकी जनताको छोराले नेपाल र नेपालीको मनोभावना समेटिएको संबिधान जारि गरेका छन् । लामो समयको प्रतिक्षा पछि आएको यो संबिधानले सम्पूर्ण स्वदेश तथा बिदेशमा बसेका नेपालीलाइ खुसि बनाएको छ । केही व्यक्ति तथा संगठनको चित्त नबुझेको यो अवस्थामा यो संबिधानले उनिहरुको बिचारको पनि पक्कै सम्वोधन गर्नेछ ।
सम्पूर्ण चलचित्रकर्मिले आज बाट लागु भएको नेपालको संबिधान २०७२ लाइ स्वागत गरि घर घर चौक चौकमा दिपावली गरेका छन् । चलचित्रकर्मिहरु माइतिघर मा जम्मा भइ दिपावली पनि गरेका छन् । अव भने नेपाली चलचित्रको बिकाश सम्भव भएको सबै चलचित्रकर्मिले आशा व्यक्त गरेका छन् ।