बैसाख २५ , कलिउड अपडेट ।
निर्देशक नवल नेपाल नारि संवेदनामा सेन्टिमेन्ट्स फिल्म बनाउन माहिर निर्देशक मानिन्छन् । श्रीमान् , महसुस होस् या लज्जा यी फिल्ममा नारि संवेदना र सेन्टिमेन्स देखिन्छ ।
निर्देशक नेपाल निर्देशित पछिल्लो चलचित्र मंगलम् मा पनि निर्देशक नेपालले नारी संवेदना र सेन्टिमेन्ट्स को कथालाइ नै पर्दामा उतार्ने कोशिश गरेका छन् । चलचित्रको कथा बस्तुको बारेमा बोल्दै नबोल्ने भन्दै उनले पारिवारीक सेन्टिमेन्स रहेको मात्र बताएका छन् । चलचित्रको डबिङ्गमा होस् या डबिङ्ग सके पछि फिल्म हेर्दा बारम्बार आफू रोएकी शिल्पा बताउछिन् । आफूले गरेका अन्य चलचित्रको तुलनामा मंगलम हेर्दा आफू भित्र बेग्लै तरंग आएको र आफूलाइ सम्हाल्नै नसकेको उनी बताउछिन् ।
चलचित्र पोष्टप्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रलाइ निर्माण गर्ने टिमले ल्यावमै धेरै पटक हेरिसकेको छ । ल्यावमा बसेर चलचित्र हेर्दा निर्माता छबिराज ओझा स्वयं तथा नायीका शिल्पा पोखरेल र नायक पुष्पल खड्का धेरै ठाउमा भावुक भएको बुझिएको छ । आफूले बनाएको फिल्म हेरेर आफै रोएको निर्माता छबिराज ओझाको संभवत यो पहिलो पटक नै होला । चलचित्र फाइनल नभइ कलाकार रुवाउने कस्तो फिल्म बनाउनु भयो भन्ने प्रश्नमा निर्देशक नेपाल भन्छन् “हामि नेपाली यसै पनि भाबुक हुन्छौ त्यसमाथि पनि नारी संवेदनाका अन्तरबस्तुलाइ गहिराइमा पुगेर चलचित्रको माध्यमबाट पर्दामा उतार्न सके जो कोहि पनि भाबुक हुन्छ तर त्यो काम मन बाट हुनु पर्यो ।”
आफूले मन बाट फिल्म बनाएको बताउदै निर्देशक नेपाल आफ्ना बिगतका फिल्मकै श्रृंखला भएको उनको भनाइ छ ।
छबिराज प्रोडक्सनमा शिल्पा पोखरेलको निर्माण रहेको चलचित्र मंगलम्मा मिथिला शर्मा , निर शाह ,शिल्पा पोखरेल , पुष्पल खड्का , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र दशैमा रिलिज हुदैछ ।