भाद्र २९ , कलिउड अपडेट ।
नाटक सुरु भएपछि थिएटर मलको स्टेजमा टिमिक्क लुगा लगाएका युवति देखिए । सेक्सि हाउभाउ को साथ सेक्सि लुगा लगाएर उनिहरु ग्राहक पर्खिरहेका थिए । यो एक दृष्य थिएटर मलमा मन्चन भइरहेको नाटक ‘छिद्र क्यानभास’ को हो । नाटकमा यौनकर्मि आफै जन्मिने नभइ समाजले नै जन्माउछ भनि देखाउन खोजिएको छ ।
यौनकर्मिको बिषय उठान गरिएको यस नाटकले समाजलाइ एक सकारात्मक सन्देश दिदै राजनितिक बिषय लाइ पनि उठाउन खोजिएको छ । टिकाभक्त जिरेलको लेखन एव निर्देशन रहेको यस नाटक टिबिजे कियसन र थियटर मलको संयुक्त प्रस्तुति हो । नाटकमा राम के ए सि , अंकित खड्का , राजिन श्री आचार्य , प्रिया पाण्डे , बिनिता थापा , प्रभास लिम्बु , अस्मिता तिमल्सिना , महाबिर बिश्वकर्मा , नेहा पोखरेल , सिमन खड्का , सिता राना शंकर पराजुली र केशव प्रसाद रिजालको अभिनय रहेको छ । कलाकारहरुको अभिनय उत्कृष्ट रहेको छ , जसले नाटकलाइ जिवन्तता दिएको पनि छ । यो नाटक असोज ९ गते सम्म सुन्धाराको काठमाण्डौ मलमा रहेको थिएटर मलमा बुधबार बाहेक हरेक दिन साँझ साढे ५ बजे मन्चन भइरहेको छ ।