असोज २ , कलिउड अपडेट ।
नेपाली म्यूजिक भिडियोको इतिहासमा रेड क्यामेरा बाट खिचिएको सवै भन्दा महंगो म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जुन गितमा नायक रमित ढुंगाना , अमित ढुंगाना र नन्दिता केसि देखिएका छन् । करिव १०० भन्दा बढि कोरस कलाकार प्रयोग गरिएको यस गित को भिडियोमा मात्र ७ लाख २५ हजार खर्च गरिएको नायक रमित ढुंगानाले कलिउड अपडेट लाइ जानकारी गराए ।
राष्ट्रिय भावना बोकेको यस गितलाइ बिकाश बिष्टले लेखेका हुन् भने बिकाश बिष्ट र कोमल राज भण्डारीको आवाज रहेको छ ।
दिर्घ गुरुङ ले छायांकन गरिएको यस म्यूजिक भिडियोलाइ मित्र गुरुङले सम्पादन गरेका हुन् । भिडियो का निर्देशक बादल प्रसाइ हुन् ।
हेरौ राष्ट्रिय भावनाले ओतप्रोत भएको यो म्यूजिक भिडियो ।