असार १८ , कलिउड अपडेट ।
यतिबेला चर्चा पाइरहेको चलचित्र नमस्ते नेपाल प्रर्दशनको तयारीमा छ । असार ३१ बाट प्रर्दशन हुने चलचित्र नमस्ते नेपाल यूरोपमा छायांकन गरिएको चलचित्र हो । चलचित्र नमस्ते नेपाल बाट नेपाली चलचित्र क्षेत्र पनि अब फराकिलो भयो भन्न सकिन्छ ।
सबिन श्रेष्ठको साथमा रोमानीयाली अभिनत्री को अभिनय चलचित्र नमस्ते नेपालमा देख्न सकिन्छ यस्तै चलचित्रमा बेल्जीयम , जर्मनी तथा लग्जम्बर्गका रमणिय दृष्य पनि देख्न सकिन्छ । यो संगै चलचित्रको अर्को महत्वपूर्ण कुरा यूरोपमा छायांकन गरिएको भए पनि नेपाली सान सगमाथा , ढाका टोपि तथा बिर गोर्खालीको बिषय पनि चलचित्रमा समाबेस गरिएको छ । चलचित्रलाइ राजु शाह ले निर्देशन गरेका हुन् ।
द्धारीका उदय प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा प्रदिप कुमार उदय , मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानि रहेको छ ।