Like us on facebook

Advertisements

  • ‘नाइ नभन्नु ल ६’ निर्माण हुने ,फेरी अनुभव र सेड्रिनाको जोडि

    कलिउड अपडेट । नाइ नभन्नु ल यो एक फिल्मको नाम मात्र होइन यो अहिले एक ब्रान्ड भइसकेको छ । यो ब्रान्डको ५ वटा सिक्वेल हलमा आइसक्यो अव पालो छैठौ सिक्वेलको ।
    नाइ नभन्नु ल ६ निर्माण हुने भएको र यो फिल्मको छायांकन चैत्र बाट सुरु हुने भएको छ । लेखक निर्देशक बिकाश आचार्यले नाइ नभन्नु ल को छैठौ सिक्वेल निर्माण गर्न लागेको बताएका छन् ।


    यो चलचित्रमा अनुभव रेग्मी र सेड्रिना शर्माको मुख्य भुमिका रहेको छ । नाइ नभन्नु ल ५ मा यो जोडीलाइ दर्शकले धेरै रुचाएका थिए भने यो जोडिलाइ दर्शकले पर्खिरहेका छन् ।
    नाइ नभन्नु ल २ बाट अनुभव निरन्तर जोडिएका छन् अव यो सिरिज अनुभव बिना अधुरो नै भइसकेको छ । चलचित्रलाइ बिकाश आचार्य र सामिप्यराज तिमल्सिनाले लेखिरहेका छन् । केहि नयाँ अनि केहि पुराना कलाकारको भिड चलचित्रमा लाग्ने बुझिएको छ । बुझिए अनुसार यस पटक एक अभिनेता र तिन अभिनेत्री फिल्ममा हुनेछन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4