कलिउड अपडेट ।
चलचित्र ‘नाइ नभन्नु ल ५’ को गीत ‘तिम्रो आखामा आँखा जुधाइ’ बोलको गीत सार्वजनिक गरिएको छ । बिकाश आचार्यको निर्देशन रहेको चलचित्र नाइ नभन्नु ल ५ को यो गीतमा मेलीना राइको आवाज रहेको छ भने दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ । यो गीतलाइ कबिराज गहतराज ले कोरियोग्राफि गरेका छन् ।
सार्वजनिक गीतमा स्वस्तीमा खड्का र अभिषेक नेपाललाइ फिचरिङ्ग गरिएको छ । चलचित्र भादै ८ बाट प्रर्दशन हुदैछ ।