Like us on facebook

Advertisements

  • यस्तो छ नाइ नभन्नु ल ४ को शिर्ष गितको भिडियो

    फागुन २० , कलिउड अपडेट ।
    फिल्म ‘नाई नभन्नू ल ४’ मार्फत् नेपाली रजतपटमा प्रवेश गरेका पल शाह र वर्षा राउतको अभिनय रहेको सोही फिल्मको शीर्ष गीत बाहिरिएको छ । फिल्म युनिटले बुधबार युट्युब मार्फत् गीत सार्वजनिक गरेको हो ।
    एक महिना अघि सार्वजनिक भएको अडियो गीत नै स्रोताले मन पराएका थिए । आवाज मात्र पनि एक लाख बढी दर्शकले हेरिसकेका थिए ।nai nabhannu la 4

    सांगीतिक पक्ष अब्बल रहँदै आएको फिल्मका यसअघि दुई गीत सार्वजनिक भईसकेका छन् । त्यो मध्ये ‘मैना राजा मैना रानी’ ११ लाख भन्दा बढीले हेरिसकेका छन् भने ‘चिया कफी’को स्वाद लिनेको संख्या ५ लाख नाघिसकेको छ ।
    शीर्ष गीतलाई राजेश पायल राई र रजिना रिमालले गाएका हुन् भने गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । गीतको रचना पनि स्वयं बसन्तले नै गरेका हुन् ।
    चैत्र २६बाट प्रदर्शनमा आउने फिल्ममा पल शाह, वर्षा राउत, आँचल शर्माले डेब्यु गर्दैछन् भने प्रियंका कार्की, अनुभव रेग्मी र सरोज खनालले निरन्तरता पाएका छन् ।

    फिल्मलाई बिकास आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा सामीप्यराज तिमल्सेना र आचार्यकै लेखन, पुरुषोत्तम प्रधानको छायांकन र अर्जन जिसीको सम्पादन रहेको छ । मुस्कान ढकाल फिल्मको एसोसिएट निर्देशक हुन् । बिकास राज आचार्यको प्रोडक्सनमा बनेको फिल्ममा दिनेश पोखरेल र हरिबोल भण्डारी निर्माताको रुपमा रहेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4