असार १६ , कलिउड अपडेट ।
भाद्र ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नायक निखिल उप्रेतीले निर्देशन गरेको चलचित्र ‘भैरव’को एक गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘नाच भैरे नाच’ बोलको गीत सार्वजनिक गरिएको हो ।यो गित २ दिनमा २० हजार भन्दा बढि दर्शकले हेरेका छन् ।
सार्वजनिक गीतमा नायक निखिल उप्रेतीको साथमा जयकिशन बस्नेत र अन्य थुप्रै कलाकार प्रहरीको रुपमा नृत्य गरेका छन् । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ भने निर्माता समेत रहेका जोहन दरुवाल्लको आवाज रहेको छ ।
चलचित्रमा निखिलका साथमा अनु शाह, मुरलिधर, जयकिशन बस्नेत, नागेन्द्र रिजाल लगायतका कलाकारको अभिनय छ । पूर्वको विभिन्न स्थानमा हुने गरेको चोरी र कालो बजारीको बिषयमा यो चलचित्र निर्माण भएको छ ।