Like us on facebook

Advertisements

  • असोज १ मा ‘एन द विनर इज….. ‘ को दोश्रो सस्करण

    कलिउड अपडेट , काठमाण्डौ ।

    एन द विनर इज….२०१६ सिजन वान (n’ da winner is……2016 season 1)को भव्य सफलतापछि मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवा–युवतिलाई लक्षित गरि म्याजिक मसरुम मिडिया प्रा.लि. ले एन द विनर इज…२०१७ सिजन टु (n’ da winner iz……2017 season 2) को दोस्रो संस्करणको तयारी अगाडी बढाएको छ । उक्त कार्यक्रम असोज १ गते आइतबार आयोजना हुदैछ ।

    प्रशिक्षक प्रकाशसिंह विष्ट, निशा श्रेष्ठ लगायत विभिन्न मिडियाका प्रतिष्ठित व्यक्तिहरुबाट र्याम्प वाल्क,स्टेज परफरमेन्स,उद्घोषण,फोटोग्राफी,नेपाली विशेषज्ञहरु बाट श्रृङगार तालिम,सामाजिक कार्यक्रममा संलग्न गराउने,आत्मविश्वास ,नेतृत्व विकास तालिम,व्यक्तिगत विकास,सेलिब्रेटी गेष्ट क्लास,भ्रमण आदिको अबसरहरु दिईने उक्त कार्यक्रममा विना अडिसन व्यक्तिगत अन्र्तवार्ता बाट प्रतियोगीहरुले सहभागिता जनाउन पाउने कार्यकारी निर्देशक प्रदिप महर्जनले बताउनु भयो ।

    यस प्रतियोगिताका विजयीहरुले म्याजिक मसरुम मिडिया कम्पनिको एक वर्षको ब्रान्ड एम्बेस्टर बन्ने अबसर प्राप्त गर्नुका साथै म्युजिक भिडियो,फेसन शो,व्यवसायिक पत्रपत्रिकामा विभिन्न विज्ञापनहरुमा खेल्न पाउँनेछन । विजयीहरुले नगद पुरस्कारका साथै स्पोन्सर मार्फत विभिन्न उपहारहरु प्राप्त गर्ने एन द विनर इज २०१७ सिजन टु का आयोजक सजल जंग के.सी. ले बताउनुभयो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4