माघ १८ , कलिउड अपडेट ।
आफैले निर्माण गरेको चलचित्र बिर्खेलाइ चिन्छस् पछि नायकको रुपमा सुभास थापा व्यस्त छन् । भर्खरै रिलिज भएको चलचित्र तथास्तु पछि उनको हातमा फिल्म नै फिल्म छन् । अव उनको प्रर्दशन हुन लागेका चलचित्रहरुमा इच्छा , सिक्स फिट लाइफ , चंखे शखे पंखे र को आफ्नो हुन् ।
बिर्खेलाइ चिन्छस भन्दै दर्शक माझ आएका थापा अब माइ नेम इज पशुराम भन्दै आउदैछन् । रोमान्टिक कमेडि चलचित्र माइ नेम इज पशुराम को स्कृप्टको काम भइ रहेको थापा बताउछन् । हाल सम्म उनिले डेढ दर्जन भन्दा बढि चलचित्रमा काम गरि सकेका छन् ।