Like us on facebook

Advertisements

  • ‘नाइ नभन्नु ल ३’ नाम मात्रको सिक्वेल हो : मुस्कान ढकाल

    चैत्र २२ , कलिउड अपडेट ।
    चलचित्र नाइ नभन्नु ल को सिक्वेल नाइ नभन्नु ल २ ले गत बर्ष सफलताको शिखर चुमेको थियो । अहिले नाइ नभन्नु ल ३ प्रर्दशनको संघारमा छ । झट्ट सुन्दा नाइ नभन्नु ल २ कै सिक्वेल नाइ नभन्नु ल ३ होला जस्तो लाग्छ तर निर्देशक मुस्कान ढकालले नाइ नभन्नु ल ३ सिक्वेल चलचित्र नभएको खुलाएका छन् ।

    nai nabhannu la
    मिडियामा गलत प्रचार भइरहेको बताउदै मुस्कानले यो नाम मात्र सिक्वेल हो नाइ नभन्नु ल २ को कुनै पनि कथा संग नाइ नभन्नु ल ३ कनेक्ट नभएको बताएका छन् । फ्रेस कथा बोकेको यो चलचित्र यतिबेलाकाे बहुप्रतिक्षित चलचित्र हो । कलिउड अपडेट संग कुरा गर्दैै निर्देशक ढकालले नाइ नभन्नु ल २ मा जस्तो रोनाधोना मात्र चलचित्रमा नभएको पनि खुलाएका छन् । कलाकारको जम्वो टोलि रहेको यो चलचित्रको सानो सानो क्यारेक्टरमा पनि चिरपरिचित अनुहार राखिएको उनको भनाइ छ । बिकाश आचार्यको निर्माण रहेको यो चलचित्र चैत्र २७ देखि सार्वजनिक हुदैछ ।
    चलचित्रमा आर्यन सिग्देल , प्रियंका कार्कि , अनुभव रेग्मी , सन्चिता लुइटेल , सुरज सिं ठकुरी , गरीमा पन्त लगायतका चिरपरिचित कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4