असार २१ , कलिउड अपडेट ।
गत बर्ष हास्य चलचित्र कान्छि मट्याङ ट्याङ निर्माण गरेका पुरन थापाले यस पटक अर्को चलचित्रको घोषणा गरेका छन् । चलचित्रको नाम हो मिस्टर टिच्कुले ।
चलचित्र मि टिच्कुलेको गित रेकर्ड भइरहेको छ । चलचित्रलाइ पुरन ले नै निर्देशन गर्दैछन् भने चलचित्रका गितमा बिकाश चौधरी र बिनोद कुमार भुजेलको संगित रहने छ । चलचित्रका कलाकार छनौट भइरहेको पुरन बताउछन् ।
चलचित्रको कथा पटकथा पुरनकै रहेको छ भने द्धन्द एन बि महर्जन , नृत्य कमल राइ हुन् भने श्याम रायमाझीको छायांकन रहने छ ।