Like us on facebook

Advertisements

  • मोफसल डौडाहा मा ‘तिमी हुन्छौ जहाँ जहाँ’

    असार १ , कलिउड अपडेट ।
    असार ८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को प्रचार प्रसारलाई तिब्रता दिइएको छ । फिल्म प्रमोशनका लागि राजधानीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरी फिल्म युनिट अहिले मोफसल डौडाहामा छ ।। गत बर्ष प्रदर्शनमा आएको फिल्ममा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ सहित नव अभिनेत्री तमन्ना केसी, निर्माता दाल चन्द्र दवाडी, कार्यकारी निर्माता प्रकाश बासकोटा सहितको टोली देश डौडाहमा निस्केको हो ।
    फिल्म युनिटले चितवनको नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नायिका मलिना जोशीले ‘तिमी हुन्छौ जहाँ जहाँ’ लभस्टोरी फिल्म भएको बताईन । लभ स्टोरी भए पनि फिल्ममा एक्सन पनि रहेको मलिनाको भनाई रहेको छ । फिल्म राम्रो बनेकोले दर्शकलाई हल सम्म गएर हेरिदिनुहुन मलिनाले आग्रह गरिन् । फिल्मका नायक मनिष सुन्दर श्रेष्ठले चलचित्र राम्रो बनेको बताएका छन् ।
    ‘रानी’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मनिषले पहिलो फिल्म भन्दा यो फिल्म राम्रो काम गरेको बताए । यही चलचित्रबाट डेब्यु गरेकी नव अभिनेत्री तमन्ना केसीले आफुलाई पहिले देखी नै चलचित्रमा काम गर्ने इच्छा रहेको र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले आफ्नो सपना साकार पारेको बताईन । मैले खोजेको जस्तै स्क्रिप्ट पाए र काम गर्न तयार भए, तमन्नाले भनिन् । फिल्मका निर्माता डाल चन्द्र दवाडी र कार्यकारी निर्माता प्रकाश बासकोटाले पनि चलचित्र राम्रो बनेको बताए । फिल्मका अन्य निर्माताहरु मदन दवाडी र हरि अधिकारी ले यस फिल्मबाट निकै आशाबादी रहेको बताए । गीतसंगीत र ट्रेलरले फिल्मको चर्चा बढीरहेको छ । बिकास बस्यालको निर्देशन रहेको चलचित्रमा राम शरण उप्रेतीको सिनेमाटोग्राफी रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4