Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • बाल मनोविज्ञानमा अधारित चलचित्र ‘मिराज’ को पोष्टर सार्वजनिक

    कलिउड अपडेट । निर्माता तथा कलाकार प्रकाश सुब्बाले बाल मनोविज्ञानमा आधारित चलचित्र ‘मिराज’ निर्माण गरेका छन् । मंगलबार फिल्मको पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रमा प्रकाश १५ वर्षको बालक र ३० वर्षको युवकको भूमिकामा देखिएका छन् । १५ वर्षको बालकको भूमिका निर्वाह गर्नका लागि उनले २० किलो तौल घटाएका थिए ।

    पूर्वी नेपालको विभिन्न स्थानका दृश्य समेटिएको फिल्ममा अशोक चेम्जोङ, रुबी आचार्य, गुरु लामा कार्की, सरोज केसी, तीर्थ यक्सो, शिशिर सुवेदी, केशव रायमाझी, दिनेश कोइराला, भीम लामालगायतका कलाकारको अभिनय देख्न सकिन्छ । उक्त चलचित्र बनाउन तीन वर्ष लागेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा संगीतकार बलराम समाल र मनोज मोतेको दुई वटा गीत रहेका छन् । ‘मिराज’ बाल मनोविज्ञानमा आधारित पहिलो चलचित्र समेत रहेको निर्माण पक्षले दावी गरेको छ ।

    सन्पेन्स रहेको चलचित्र बैशाखमा प्रदर्शन हुने निर्माता सुब्बाले जनाएका छन् । प्रकाश सुब्बाले यस अघि त्रास, बाटो मुनिको फूल २, गोल लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4