कलिउड अपडेट(सुरज पौडेल) ।
चलचित्र निर्देशक मिलन चाम्सले बीर विक्रम २ आफ्नो अन्तिम चलचित्र भएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । तर आर्को रमाईलो कुरा के छ भने सार्वजनिक गरेको केही समय पछी फेरी हटाएका छन् ।
उनको चलचित्र जेठ ३ गते प्रर्दशन हुदैछ । स्टाटस लेखेर दर्शकलाई ईमोसन्ली ब्ल्याकमेल गर्न खोजेको पनि चलचित्र बृत्तमा गाईगुई चलेको छ । आफ्नो फिल्मलाई चर्चित बनाउन निकैं कसर गर्ने निर्देशक मध्ये उनि पनि पर्छन् । अहिले मिलनको चलचित्र बहुप्रतिक्षित चलचित्र जात्रै जात्रा सँग जुध्दैं छ । जस्को कारण पनि उनि अतालिएका हुनसक्छन् । यदी साँच्चै अन्तिम चलचित्र भएको भए लेखेर मेट्नु पर्ने कारण के थियो ? उनै जानु ।