Like us on facebook

Advertisements

  • फिल्म हेर्न हलमा बिधालयका प्रिन्सिपल

    पौष १३ , कलिउड अपडेट ।
    हास्य टेलिश्रंखला मेरी बास्सै मा बान्द्रे पात्र बाट ख्याति कमाएका सुरज चापागाइको लेखन , निर्माण एव निर्देशन रहेको चलचित्र मेरो स्कुलको आज हिरा रत्न हलमा च्यारिटि शो सम्पन्न भएको छ । चलचित्र बालबालिकालाइ देखाउन योग्य छ वा छैन भन्ने प्रतिकृयाको लागि उपत्यका भित्रका बिभिन्न बिधालयका प्रिन्सिपल तथा शिक्षकलाइ चलचित्र निशुुल्क देखाइएको हो । चलचित्र मेरो स्कुलमा मोर्डन स्कुल का बिधार्थिको अभिनय रहेको छ । साथै चलचित्रमा सुरबिर पण्डित , निरु खड्का , सुरज चापागाइ बान्द्रे लगायतका कलाकारको अभिनय रहेको छ । mero school
    चलचित्रको कथा निर्देशक चापागाइ कै हो भने पटकथा दिपक आचार्य , अवतार कँडेल र बिनोद रिजालको रहेको छ । चलचित्रका सम्पादक बिरेन्द्र भाट बिपन हुन् । चलचित्र हेरि सके पछि बिभिन्न बिधालयका प्रिन्सीपलले मिश्रीत प्रतिकृया दिएका छन् । कसैले एक पटक हेर्नै पर्ने चलचित्र बनेको प्रतिकृया दिएका छन् भने कसैले शिक्षक , अभिभावक र बिधार्थी सवैले एक पटक हेर्नैै पर्ने चलचित्र रहेको पनि बताएका छन् । चलचित्र हेरि सके पछि सिद्धार्थ बिधापिठकी प्रिन्सिपल दिपिका रिमाल ले चलचित्रले शिक्षाको महत्वलाइ उजागर गरेको कारण बिथार्थिको लागी उपयुुक्त सिनेमा रहेको प्रतिकृया दिएकि छिन् ।
    यस्तै ललितपुर प्यावसनका अध्यक्ष शिव कार्किले यस्तो प्रकारको चलचित्र देशभरका बिधालयमा अध्ययन बिधार्थीलाइ देखाउन सके राम्रो हुने प्रतिकृया दिएका छन् । केहि बिधालयका बिधार्थिलाइ देखाए पछि मात्र चलचित्रलाइ कमर्सियल रिलिज गरिने निर्देशक चापागाइको भनाइ छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4