पुस १०,कलिउड अपडेट ।
भारतिय चलचित्र भुतनाथ , कल किस्ने देखा जस्ता चलचित्र निर्देशन गरि सकेका निर्देशक बिबेक शर्मा यतिबेला नेपाली फिल्म ‘मेरो पैसा खोई ?’ को लागि नेपाली कलाकार छनौटमा व्यस्त छन् । निर्देशक बिबेक यतिबेला नेपाली फिल्म तथा नेपाली लोकेशनको बारेमा रिसर्च पनि गरिरहेका छन् ।
रोज राणाले निर्माण गर्ने चलचित्र ‘मेरो पैसा खोई ?’ को लागि मुख्य भुमिकाको लागि केहि नेपाली कलाकार छनौट भइसकेको छ । चलचित्रमा सौगात मल्ल , बर्षा सिवाकोटि , सागर तिवारी , बुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ छनौट भइसकेका छन् भने अर्को महत्वपूर्ण भुमिकामा नायीका बर्षा राउत फइनल भएकि छिन् । बर्षालाइ मोटो रकममा साइन गराइएको बुझिएको छ ।
१५ गतेबाट छायाँकन थालिने चलचित्रमा बलिउड कलाकार जुही चावला, संजय मिश्रा र राजपाल यादवको पनिा अभिनय रहने बताइएको छ ।
काठमाडौ ,पोखरा,बुटवल लगायतका स्थानमा छायाँकन हुने चलचित्र नेपाली र हिन्दी लगायत ७ भाषामा निर्माण हुने बताइएको छ ।