कलिउड अपडेट , काठमाण्डौ ।
प्रेमगीत सिरिज निर्माता सन्तोष सेनको निर्माणमा तयार चलचित्र मेरी मामुको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सन्तोष सेनका छोरा आयुव केसिको दमदार अभिनय देख्न सकिन्छ ।
चाइल्ड साइकोलोजीमा निर्माण भएको चलचित्र मेरी मामु लाइ याम थापाले लेखन एव निर्देशन गरेका हुन्. । चलचित्रमा आयुवको साथमा सारुक ताम्रकार , कुशुम गुरुङ , अश्लेशा ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र भदौ १५ बाट प्रर्दशन हुदैछ ।