कलाकारीतामा रुचि भएका पोखराका युवराज न्यौपाने कामको शिलशिलामा यूएइमा छन् । तर पनि उनि भित्रको कलाकारीता मरेको छैन। उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । पहिलो म्युजिक भिडियो बाट धेरै कुरा सिकेको बताउदै आगामि दिनमा आफ्नो अभिनय सुधार्ने न्यौपाने बताउछन् । भिडियोमा न्यौपानेलाइ रुपा तामाङले साथ दिएकि छिन् ।
पुरुषोत्तम बस्नेतको प्रभाव एल्वममा रहेको गितमा दिनेश गौतमको आवाज रहेको छ । भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका हुन् भने सम्पादन बिपिन भाट्ले गरेका छन् ।