Like us on facebook

Advertisements

  • मंगलम कहिले रिलिज हुन्छ , दशै ,तिहार कि नयाँ बर्ष मा ?

    श्रावण १० , कलिउड अपडेट ।

    छबिराज प्रोडक्सन बाट बनेका फिल्मको पव्लिसिटि हेर्ने हो भने ३ महिना अघि बाटै आरम्भ हुन्छ । यदि दशैमा रिलिज हुने फिल्म छ भने निर्माता छबिराज ओझा असार बाटै आक्रामक रुपमा प्रचारप्रसारमा लाग्ने गर्थे तर यतिबेला चलचित्र मंगलम प्रर्दशनको लागि तयार भइ सक्यो , रिलिज मिति असोज ११ पनि भनिएको छ तर निर्माता ओझा चुपचाप छन् । यसर्थ पनि चलचित्र पोष्टपोण्ड होला कि भन्ने अन्दाज गर्न सकिन्छ ।

    दशैमा बहुप्रतिक्षित चलचित्र छक्का पन्जा २ प्रर्दशन हुदैछ । सायद यहि भएर पनि होला निर्माता ओझाले मंगलम पोष्टपोण्ड गर्ने सोच बनाइरहेका छन् कि भन्ने आकलन गर्न सकिन्छ । यदि दशैमा मंगलम रिलिज भएन भने कहिले रिलिज हुन्छ त ?
    दशै पछि तिहारमा अनमोल स्टारर फिल्म कृ ले रिलिज घोषण गरेको छ भने अर्को फिल्म आउदैछ रेखाको रुद्रप्रिया । निर्माता छबिराज ओझा कृ संग भिड्न तयार त देखिन्छन् तर रेखा संग फिल्म उनले कदापि जुधाउदैनन् । बरु आफै पछि हटिदिन्छन् । श्रोतका अनुसार रेखा संग फिल्म जुधाएर कहिल्यै निर्माता ओझाले फिल्म रिलिज गर्ने छैनन् । किनकि रेखा संग छबिको पुरानो एक प्रकारको एट्याच्मेन्ट रहेको छ ।

    यसरी दशैमा मंगलम रिलिज भएन भने २०७५ को नयाँ बर्षमा पक्कै रिलिज हुन्छ । दशैबाट फिल्म पोष्टपोण्ड हुन सक्ने संकेत दिए पनि निर्माता ओझाले आधिकारीक रुपमा मुख खोलेका छ्रैनन् ।नवल नेपालको निर्देशन रहेको चलचित्र मंगलम्मा मिथीला शर्मा , शिल्पा पोखरेल , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4