Like us on facebook

Advertisements

  • असोज ११ मै मंगलम

    भाद्र २० , कलिउड अपडेट ।
    चलचित्र मंगलम अन्तत असोज ११ मै रिलिज गरिने भएको छ । धेरै अघि देखि नै असोज ११ मा नै रिलिज गर्ने भन्दै निर्माण पक्ष रिलिजको तयारी गरिरहेको थियो । तर निर्माता छबिराज ओझाका बिगतका चलचित्र्हरु २ या ३ महिना देखि नै आक्रामक प्रचारप्रसारमा उत्रिने भएको ले यो चलचित्र मंगलम तोकिएको मितिमा रिलिज होला या नहोला भन्ने बिषयमा धेरैलाइ कौतुहलता थियो ।

    अब भने चलचित्र तोकिएको मिति अर्थात असोज ११ मै रिलिज गरिने भएको छ । छबिराज प्रोडक्सनको व्यानरमा शिल्पा पोखरेलको निर्माण रहेको चलचित्र असोज ११ मा नै रिलिज गरिने भन्दै बितरक गोपाल काजि कायस्थले सम्झौता पत्रको साथ फेसबुकमा अपलोड पनि गरेका छन् ।

    नवल नेपालको निर्देशन रहेको चलचित्र मंगलममा साम्राज्ञी राज्य लक्ष्मी शाह शिल्पा पोखरेल , पुष्पल खड्का , पृथ्वीराज प्रसाइ ,मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

    प्रचारप्रसार सामग्रि समयमा निर्माण नभएको र अरु चलचित्रहरु संग समन्वय गर्नु पर्ने भएको कारण असोज ११ मै फिल्म लगाउने या नलगाउने भन्ने दोधार रहेको स्विकार्दै निर्माता छबिराज ओझाले सबै पक्ष संग छलफल गरेरै असोज ११ मा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।

    नेपाली फिल्म इन्डष्ट्रिमा बाघ निर्माताको रुपमा चिनिएका छबिराज ओझाले दशैमा फिल्म रिलिज गर्ने पक्का भए पछि उक्त मितिमा रिलिजको तयारी गरिरहेको फिल्म छक्का पन्जा २ लाइ प्रतिस्पर्धा गर्न हम्मे हम्मे पर्ने देखिन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4