Like us on facebook

Advertisements

  • असार २३ मा ‘मन्दिरा’ , हरेक १०-१० मिनेटमा नयाँ ट्विस्ट

    जेठ १८ , कलिउड अपडेट ।

    चलचित्र मन्दिराले आज राजधानिमा पत्रकार भेटघाट कार्यक्रम आयोजर्ना गर्दै चलचित्रको ट्रेलर र गित सन्चारकर्मिलाइ देखाइएको छ । एउटै घर भित्र खिचिएको चलचित्र भनि चर्चामा आएको यो चलचित्र असार २३ बाट प्रर्दशनमा आउदैछ ।


    पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक दीपेश सापकोटाले भने–‘यो काठमाण्डौको परिवेशमा घुमेको कथा हो । श्रीमान्–श्रीमतिको झगडापछि घरमा तेश्रो व्यक्तिको प्रवेश कसरी हुन्छ र त्यसले समस्या निम्त्याउ“छ भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।’उनले भने एउटै घरमा छायांकन गरेको भए पनि फिल्ममा हरेक १० १० मिनेटमा नयाँ नयाँ ट्विस्ट आउने भएको कारण दर्शकलाइ बोर नलाग्ने बताएका छन् ।
    असार २३ गतेबाट रिलिज हुने यो चलचित्रमा नरेन खड्का, जेवी डीसी, प्रवण भुषाल, लक्ष्मी बस्नेत, राजन सुवेदी, संझना श्रीपाली, राजन ढुंगानाको साथमा नव–कलाकारद्धय विनि पोखरेली र विनिता ओलीको मुख्य भूमिका छ ।
    भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट हुन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन बीसीको नृत्य निर्देशन, दयाराम पाण्डेको गीत, देव कोइमी राइको संगीत, अजित लामिछानेको पटकथा, उज्वल ढकालको सम्पादन छ । करुन अर्याल र उज्वल अर्याल निर्माता रहेको चलचित्रका सह–निर्माता सन्तोष सेढाई हुन् ।
    एउटै घरमा सम्पूर्ण छायांकन गर्न गाह्रो नभएको निर्माणपक्षको भनाई छ । पत्रकार सम्मेलनमा चलचित्रमा समावेश एउटा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4