Like us on facebook

Advertisements

  • अडियो बुकमा संग्रहित गीतकार उप्रेतीका साहित्यिक कोशेली

    कलिउड अपडेट । गीतकार हरि उप्रेतीको साहित्यिक कोसेली “मनका तरेलीहरु” छिट्टै बजारमा आउने जब बाध्यताले आफु जन्मेको माटो त्याग्नु पर्छ तब त्यही माटो र आफ्नो पनले सताई रहन्छ । यस्तै भैरहेको छ गीतकार हरि उप्रेतीलाई । एक दशक देखी प्रबासमा जीवन बिताउदै आउनु भएका गीतकार उप्रेती बिगत केहि बर्ष देखी निरन्तर कलम चलाउदै आईरहनु भएको छ । पछिल्लो अवस्थामा गीतकार भनेर चिनिनु भएका उप्रेती गीत लेखानमा मात्र नभै साहित्यका अन्य बिधामा पनि उनी अब्बल मानिन्छन ।

    गीत संगीत बाट उत्कृष्ट गीतकार को रुपमा पांचौ पटक सम्म अवार्ड चुम्न सफल पनि भैसकेक छन गीतकार उप्रेती ।उनले एल्बम मात्र निकालेनन धेरै चलचित्रहरुमा दर्जन भन्दा बढी गीत लेखी सकेका छन । खाली समयमा प्राय कलम नै चलाउने गर्दछन । यसै क्रममा गीतकार उप्रेतीले धेरै गजल, कविता, मुक्तक र रुबाईहरु पनि लेखेका छन तिनै साहित्यिक संगालो कोसेली स्वरुप “मनका तरेलीहरु” को अडियो पुस्तक लिएर चाडै बजारमा आँउदै छन । उक्त अडियो पुस्तकमा बाचन भने उप्रेती आफैले गर्ने भएका छन । यस पुस्तकले सम्पूर्ण स्रोता र पाठक हरुलाई साहित्यका बिभिन्न बिधाहरुको स्वाद एकै ठाउँ पाउन सक्ने गीतकार उप्रेतीले जानकारी दिएका छन । यो एउटा पृथक कोसेली भएकाले सबैले सुनेर मन पराउनुहुनेछ भन्ने आशा पनि राख्न सकिन्छ

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4