कलिउड अपडेट ।
गीतकार हरि उप्रेतीले मनका तरेलीहरु नामक अडियो बुक सार्वजनिक गरेका छन् । आफ्ना मनका भावनाहरु साहित्य मार्फत उनले अडियो बुक सार्वजनिक गरेका हुन् । हाल अमेरीकामा रहदै आएका उप्रेतीले अडियो बुकमा भुटान छोडि नेपाल प्रवेश देखि आफूलाइ जन्माएका हुर्काएको माटो छोड्दाको पिडा समेटिएको छ ।
अरुको सस्कृति तथा भाषामा जवरजस्ति रमाउनुको पिडा समेत अडियो बुकमा सुन्न सकिने छ । अडियो बुक सुनिरहदा कहि कतै रोमान्चक , कहि कतै पिडा अनि लेखक प्रती माया पक्कै महसुस गर्न सकिन्छ । अडियो बुकलाइ चलचित्र निर्देशक लक्ष्मी नाथ शर्मा , निर्देशक कलाकार लय संग्रौला तथा सन्चारकर्मि अशोक प्यासी राइले शुभकामना सन्देश दिएका छन् भने पाश्र्व संगीत बिकाश चौधरीको रहेको छ । प्राबिधिक सहयोग दिपक तिवारीले गरेका छन् ।
सुन्नुहोस हरि उप्रेतीको अडियो बुक मनका तरेलीहरु