माघ ६ , कलिउड अपडेट ।
कमर्सियल प्रयोजनको लागि खिचिएको डाक्टर सि के सिंह र नायीका सुभेच्छा थापाको निकटा बिस्तार बढ्दै छ । सुभेच्छा थापाको अर्को चलचित्रमा डा. सिंह अभिनय गर्ने भएका छन् ।
एक दिनको फोटो सुटले डाक्टर र नायीकाको निकटता बढाएको छ । अव यो निकटताले उनिहरु संगै एउटै फिल्ममा अभिनय पनि गर्ने भएका छन् । नायीका सुभेच्छा थापाको निर्माण रहने चलचित्र मखमलिमा नायीका सुभेच्छा ले डा. सि के सिंह लाइ डेव्यू गराउदैछिन् । चलचित्र मखमलिको केहि दिन अघि मुहुर्त भइ हाल छायांकन भइ रहेको छ । चलचित्रलाइ राजु गिरि ले निर्देशन गर्नेछन् भने चलचित्रमा सुभेच्छा र सि के को साथमा अशोक फूयाँल , उत्तम केसि लगायतका कलाकारको अभिनय रहेको छ ।