श्रावण १० , कलिउड अपडेट ।
दार्चुलामा जन्मिएका मोडल महेश महराले जव दुर्गिस फिल्मसको व्यानरमा बनेको चलचित्र सायद हेरे त्यहि दिन देखि चलचित्रको पर्दामा आउने भुत उनमा सवार भयो ।
कलाकार बन्ने रहर कै कारण उनले केहि म्यूजिक भिडियो मा समेत मोडलिङ गरे । केहि समय अघि उनले चलचित्र जुनीमा समेत काम गरे तर उक्त चलचित्र बिबिध कारणले छायांकन पुरा भएको छैन । । दुर्गिस फिल्मस्का चलचित्र आफ्नो सपना भएको महेश बताउछन् ।
निर्माता सुनिल रावलले निर्माण गरेका हरेक चलचित्र उनले नछुटाइ हेरेका छन् । दुर्गिस फिल्मस्का चलचित्रमा अवसर पाए जस्तो सुकै रोल भए पनि गर्न सक्ने उनको आत्मबिश्वास छ ।