Like us on facebook

Advertisements

  • भुकम्प पीडितको सहयोगार्थ विना पारिश्रमीक महानायक युएई जाने

     vukampa pidit sahayog

    दीपेन्द्र घिमिरे, युएइ

    भुकम्प पीडित नेपाल र नेपालीको सहयोगार्थ युएईमा विशेष च्यारीटी कार्यक्रम हुने भएको छ । गत वैशाख १२ गते गएको महाभुकम्पमा परि नेपालमा ठुलो जनधनको क्षती भएको छ । भुकम्पबाट भएको क्षती र दुखेको नेपाली मनमा थोरै मल्हम लगाउने उद्देश्यका साथ सहयोग रकम संकलन गर्ने अभिप्रायले उक्त सांगितीक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक कृष्ण भुषालले जानकारी दिएका छन् । युएईमा रहेका सम्पुर्ण नेपाली संघसंस्थाको संयुक्त आयोजना रहने उक्त भव्य कार्यक्रममा उपस्थितीको लागि आयोजकले सम्पुर्ण युएईवासी नेपालीहरुलाई अपिल गरेको छ । आगामी जुन १२ तारिकमा अवुदाविमा हुने उक्त विशेष कार्यक्रममा नेपाली चलचित्र, नेपाली आधुनिक तथा लोक साथै पपसंगीतका हस्ती कलाकारहरुको जोडदार प्रस्तुति रहने छ । कार्यक्रममा टिकटमार्फत् जम्मा भएको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएका कारण यूएईमा क्रियाशील सबै संस्थाहरुलाई २५ वटाका दरले टिकट खरिद गर्न एनआरएन युएई अध्यक्ष भुसालले आग्रह गरेका छन् । महाविपत्तिमा धेरैले सहयोगी हात अघि बढाइरहेको बेला कलाकारहरुले पनि कुनै पारिश्रमिक नलिई यस सांगीतिक अभियानलाई पूर्णरुपमा च्यारिटीमय बनाउने प्रयास भइरहको अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईका अध्यक्ष शर्माले बताएका छन् । कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमालको नेतृत्वमा उनकी पत्नी मधु भट्टराई हमाल, हास्यकलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गायक तिलक बम मल्ल, ईन्द्र जिसी, सम्झना लामिछाने लगायतका कलाकारको उपस्थित रहने छ । साथै अष्ट्रेलियाबाट गायिका प्रजिता गेलाल र कुवेतबाट गायक बी बी मल्ल ठकुरी पनि आउने भएका छन् । च्यारिटीको लागि भनेर अल नादा स्कुल अबु दावी ले हलभाडा पनि निःशुल्क गरिदिएको छ । अलएनस्थित अन्नपूर्ण ट्राभल्सले सबै कलाकारहरुको भिसा पनि निःशुल्क उपलब्ध गराउने बताएका कारण कार्यक्रमको खर्च कटौती भई कार्यक्रमबाट उल्लेख्य रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने विश्वास आयोजकले गरेका छन् । कार्यक्रमको प्रवेश शुल्क 40 दिराम र भिआईपी शुल्क 200 दिराम तोकिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4