Like us on facebook

Advertisements

  • फरक धारमा उत्रिए निर्देशक मदन घिमिरे

    जेठ २३ कलिउड अपडेट ।

    अधिकांश व्यावसायीक रुपमा सफल चलचित्र दिएका निर्देशक मदन घिमिरे यतिबेला चलचित्र काउसोको पोष्टप्रोडक्सनमा व्यस्त छन् । बि स २०५० सालमा आमाको माया चलचित्र निर्देशन गरि चलचित्र निर्देशनमा प्रवेश गरेका निर्देशक घिमिरे आज सम्म पनि निर्देशनमा नै व्यस्त छन् । २४ बर्षको फिल्मी करिअरमा उनका अधिकांश चलचित्र सफल छन् । तर पछिल्लो केहि बर्ष उनले निर्देशन गरेका चलचित्रले व्यावसायीक रुपमा सुपरहिटको नाम पाएको छैन ।

    समय बदलियो फिल्मको धार पनि परिवर्तन हुदै आयो । हाल फरक धार भनेर रियालिटि मा आधारीत चलचित्र बन्न थाले । पहिले पहिले फिल्मी फर्मुलामा बन्ने चलचित्रहरु आजकाल त्यो परम्परा हटिसकेको छ । यहि समयलाइ मध्यनजर गर्दै निर्देशन मदन घिमिरेले आफूलाइ परिवर्तन गर्दै चलचित्र काउसो निर्देशन गरेको बताएका छन् ।
    कमेडि जनरामा निर्माण भएको काउसोमा एउटा पनि फाइट नभएको घिमिरे बताउछन् । काउसो पोष्टप्रोडक्सनमा हुँदा कहाँ छौ तिमि र सिस्नो दुइ फिल्म उनको पाइपलाइनमा छन् ।

    माया नमार , माया बसेछ , दादागिरि , फैसला जस्ता चलचित्र निर्देशन गरेका निर्देशक मदन घिमिरेले अहिलेको डिमान्ड अनुसारको फिल्म काउसो बनाएको दाबि गरेका छन् । पुराना निर्देशक ओझेल परिरहेको समयमा निर्देशक घिमिरे भने हातमा फिल्म नै फिल्म लिएर काम गरिरहेका छन् । अहिलेको फिल्म मेकिङ शैलिमा निर्देशक घिमिरेले आफूलाइ कति परिबर्तन गरे , काउसो रिलिज पछि पक्कै थाहा हुनेनै छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4