फागुन २१ , कलिउड अपडेट ।
निर्देशक मदन घिमिरेलाइ युवा मिसन नेपाल बुटवल शाखाले सम्मान गरेको छ । गत बर्ष काठमाण्डौमा स्थापना भएको यस सस्थाले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाइ सम्मान गरेको हो ।
असल र समुन्नत समाजको लागि एक अथक प्रयास नारा सहित स्थापना भएको युवा मिसन नेपालले सडक दुर्घटना न्यूनिकरण गर्न स्लो बाइक कम्पिटिसन पनि आयोजना गरेको थियो । यस सस्थाको बुटबल शाखा संयोजक गोपाल पाण्डेले उनलाइ सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको थियो । निर्देशक घिमिरे युवा मिसन नेपालका केन्द्रिय उपाध्यक्ष पनि हुन् ।