Like us on facebook

Advertisements

  • कान्तिपुर फिल्म एकेडेमिले बनाउने भयो ‘म’ , सेनको डेव्यू निर्देशन

    कलिउड अपडेट ।
    फिल्म अध्ययन गराउदै आएको कान्तिपुर फिल्म एकेडेमिले फिचर फिल्म निर्माण गर्ने भएको छ । सोमबार फिल्म म को औपचारीक घोषणा गरियो । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्म म मा अधिकांश नयाँ अनुहार समेटिएको छ ।

    कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित भएर बन्ने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ । उनभ श्रेष्ठ र सम्पन्न ढकाल बाल कलाकार रहने फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइलीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । विजय लामा र सरिता लामिछाने बाहेक यो फिल्ममा अभिनय गर्ने अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन् । तेन्जिन पाल्देनले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन् ।

    ‘म’ मा जितेन लेप्चाको गीत रहनेछ । फिल्ममा कवितामाथि पनि संगीत भरिने बताइएको छ । सम्भवतः नेपाली फिल्ममा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् । फिल्मको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् ।

    फिल्मका लेखक समेत रहेका प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए । फिल्म ‘म’ लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाई । अभिनेत्री द्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको फिल्ममा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4