Like us on facebook

Advertisements

  • यसरि बनाइयो म यस्तो गित गाउँछु को गित ‘भन्छु आज’

    जेठ ९ , कलिउड अपडेट ।

    युटुबमा २३ लाख भन्दा बढी दर्शकले हेरिसक्नु भएको चलचित्र ‘म यस्तो गीत गाउ“छु’मा समावेश ‘भन्छु आज मनका कुरा’ बोलको गीतको मेकिङ भिडियो सार्वजनिक गरिएको छ । नेपाली चलचित्रका निर्माताहरुले कमै मात्र मेकिङ भिडियो बनाएर सार्वजनिक गरेको पाइन्छ ।
    उपल्लो मुस्ताङमा निकै दुःखका साथ खिचिएको यो भिडियोको मेकिङ फुटेजमा निर्माण यूनिटको मिहिनेत देखिएको छ ।


    अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, सुदर्शन थापाको शब्द रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मालाई फिचर गरिएको छ । संजय लामाले छायांकन गरेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
    असार ३० गतेबाट रिलिज हुने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । गीतका कारण यो चलचित्र ट्रेलर सार्वजनिक नहु“दै चर्चामा छ । चलचित्रका मुख्य कलाकार पल र पूजाले यो गीतको भिडियो सुटिङको क्षण निकै यादगर भएको बताएका छन

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4