Like us on facebook

Advertisements

  • पुजाले पललाइ भनिन्‘सबैथोक आफूले चाहेको मात्र हुदोरहेनछ पल ‘

    जेठ २३ कलिउड अपडेट ।

    ‘त त मैले मात्र भन्न पाउ“छु’ । चलचित्र ‘प्रेमगीत’मा नायिका पूजा शर्माले यो संवाद बोलेकी थिइन् । यो संवाद अहिले पनि दर्शकको मुखमा झुण्डिएको छ । धेरै दर्शकले यही संवादका कारण पनि पूजालाई रुचाएका थिए । अब, दर्शकले पूजाको यो संवाद नया“ चलचित्र ‘म यस्तो गीत गाउ“छु’मा पनि सुन्न पाउनेछन् ।काठमाण्डौको सिने जोन स्टूडियोमा नायिका शर्मा चलचित्रको डबिङमा व्यस्त थिइन् । उनले अर्को संवाद बोलिन्–‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमीसगै लिन पाए ।’

    निर्देशक सुदर्शन थापा पूजालाई संवाद शैली सिकाउदै थिए । उनले अर्को रमाइलो संवाद बोलिन्–‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’ असार ३० गतेबाट रिलिज हुने यो चलचित्रमा पूजाको जोडीको रुपमा नायक पल शाहले अभिनय गरेका छन् । चलचित्र भित्र पनि पलको नाम ‘पल’ नै हुनेछ । पूजाले एउटा यस्तो संवाद डबिङ गरिन्–‘सबैथोक आफूले चाहेको मात्र हुदोरहेनछ पल ।’

    चलचित्रको ‘भन्छु आज’ बोलको गीतको भिडियो सार्वजनिक भैसकेको छ भने अडियो जुकबक्स पनि रिलिज भैसकेको छ । दर्शकले चलचित्रको अडियो र भिडियोलाई अत्याधिक रुचाएका छन् ।

    प्रेमकथामा आधरित यो चलचित्रको बारेमा पूजा भन्छिन्–‘यसपटक पनि दर्शकले मलाई चलचित्र हेरिसकेपछि संझने धेरै संवादहरु चलचित्रमा छन् । गीतको रुपमा ‘प्रेमगीत’मा दर्शकले मलाई जसरी रुचाइदिनुभयो, त्यसरी नै ‘म यस्तो गीत गाउ“छु’बाट माया पाउनेमा ढुक्क छु ।’

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4