Like us on facebook

Advertisements

  • ‘म त तिम्रै हुँ’ काे ‘म त तिम्रै हुँ’ नै सार्बजनिक

    जेठ १० , कलिउड अपडेट ।
    करोडपति’ ,’नेपाली बाबु’ ,’म तिमि बिना मरिहाल्छु’ जस्ता सफल चलचित्र निर्माण तथा अभिनय गरेकी अभिनेत्री सुस्मिता केसीकाे निर्माण रहेको नया चलचित्र ‘म त तिम्रै हुँ’ को टाइटल गीत रिलिज गरिएको छ।’म तिमि बिना मरिहाल्छु’निर्माणको सात बर्ष पछि सुस्मिताले निर्माण गरेको चलचित्र श्रावण ७ गते बाट देशभर प्रदर्शनमा आउदै छ ।13262270_1021554554599641_1203470437_o

    रिलिज गरिएको टाइटल गीत  ‘म त तिम्रै हुँ’मा शब्द तथा सगीत हर्कुलिस बस्नेतको रहेको छ भने गीतमा आवाज संगीतकार बस्नेत र निखिता थापाको रहेको छ ।पाल्पाको रमणीय क्षेत्र , पाल्पा दरबार ,चितवन ,मकानपुरको मकानपुर गढी लगायतको ठाउमा छायांकन गरिएको यस गीतलाई नूत्य निर्देशक कविराज गहतराजले निकै सुन्दर तरिकाले नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई फिचरिंग गरेका छन् चलचित्रको सार्वजनिक गीतले छिट्टै दर्शक तथा स्रोतको मनमा जित्ने खालको रहेको छ ।अहिलेका स्टार नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र  ‘म त तिम्रै हुँ’लाई श्रीराम महतले निर्देशन गरेका हुन् ।चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले,, जीवन भट्टराई,  अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ  ।फिल्ममा सौरभ लामाको छायांकन,हिमाल केसीको द्वन्द्व निर्देशन,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुस्मिता केसीको कथा रहेको यस चलचित्रमा सुवास थापाको समेत लगानी रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4