असार १३ , कलिउड अपडेट ।
अहिलेका सुपर स्टार नायक अनमोल केसीको निर्माण रहेको चलचित्र ‘म त तिम्रै हुँ’ को नया गीत सार्वजनिक गरिएको छ ।नेपाली सिनेमा उद्दोगमा चार वटा सुपर हिट फिल्ममा अभिनय गरेका अनमोल केसीले निर्माण गरेको यस चलचित्रको अहिले सिनेमा बजारमा राम्रै चर्चा चल्न थालेको छ ।बिसेष गरेर अनमोलले अभिनय गरेको चलचित्र सुपर हिट हुदा उनले निर्माण गरेको चलचित्रमा भने उनि किन अभिनय गरेन भनेर पनि अहिले चर्चाको बिषय भनेको छ ।यसको लागि भने श्रावण ७ गते चलचित्र रिलिज भए पछि नै सबै कुरा बाहिर आउने छ ।अब कुरा गरौ अहिले सार्वजनिक भएको ‘Free Yourself Everybody बोलको गीत ।
अनमोल केसीलाई मन पर्ने संगीतकार हर्कुलस बस्नेतको संगीत रहेको यस गीतलाई बस्नेतले नै लेखेका हुन् ।संगीतकार बस्नेतसगै यस गीतमा अल्मोडा राना र संजिमाको आवाज रहेको छ भने नूत्य निर्देशन कविराज गहतराजको रहेको छ ।सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगी सगै जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुशन खड्का,अर्जुन खड्का र सुशील काफ्ले देख्न सकिन्छ ।
‘म त तिम्रै हुँ’लाई ‘करोडपति’ ,’नेपाली बाबु’ ,’म तिमि बिना मरिहाल्छु’ जस्ता सफल चलचित्र निर्माण तथा अभिनय गर्नु भएकी अभिनेत्री सुस्मिता केसीले निर्माण गर्नु भएको। चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् ।फिल्ममा सौरभ लामाको छायांकन,हिमाल केसीको द्वन्द्व निर्देशन,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुस्मिता केसीको कथा रहेको यस चलचित्रमा कृष्ण आचार्यको पटकथा सम्बाद रहेको छ ।