Like us on facebook

Advertisements

  • ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक , प्रचार प्रसारको नयाँ काइदा

    १ कार्तिक २०७६ । काठमाण्डौ ।
    त्रिकोणात्मक प्रेमकथानकफिल्म ‘लभ यु हमेशा’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यस भन्दा एक साता अघि अर्थात १५ कार्तिक मा इन्डियामा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् ।
    प्रदर्शन मिति नजिकीदै जादा ‘लभ यु हमेशा’ ले दर्शक मुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’अंकीतकप,पेन तथा डायरी प्रदान गरिरहेका छन् । दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिल स्थित गोपी कृष्णहलबाट सुरु गरिएको हो । फिल्मका प्रमुख अभिनेता यशराज गरच,अभिनेत्री फिजा योन्जन,ऋचा थापा तथा हास्यकलाकार गोपालढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् । कलाकारको टोली शुक्रबार कमलपोखरी स्थित बिगसिनेमामा पुगेर दर्शकसँग खेल खेल्दै फिल्मको प्रचार गरेको थियो ।

    निर्देशक प्रधानकै लेखन रहेको फिल्म यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एक जना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ । फिल्म प्रदर्शन भन्दा दुई साता अघि बाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शो मार्फत उपहार बिजेता सार्वजनीक गरिने निर्माण पक्षले जनाएको छ ।
    धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणाश्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राई लगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलनश्रेष्ठको सम्पादन रहेको फिल्मको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
    हेर्नुस् ट्रेलर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4