मंसिर १ , कलिउड अपडेट ।
गिनिज बुक मा नाम लेखाउने तयारीमा जुटेका ८ बर्षका निर्देशक सौगात बिष्ट निर्देशित चलचित्र लभ यू बाबाको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर अनुसार शिर्ष भूमिकामा गजित बिष्ट र छोरि संगम बिष्टको अभिनय रहेको छ । बाबु छोरिको मायालाइ चलचित्रमा निर्देशक बिष्टले प्रस्तुत गर्न खोजका छन् । फिल्ममा गजित र संगमको साथमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
अभिनेता गजितको कथामा तयार गरिएको फिल्म ‘लभ यू बाबा’ मा गम्भिर विष्टको पटकथा तथा संबाद र दिव्यराज सुबेदीको छायांकन रहेको छ । ‘लभ यू बाबा’ आउँदो मंसिर २६ गतेदेखि देशव्यापी रुपमा प्रदशर्नमा आउँदैछ ।