मंसिर २५ , कलिउड अपडेट ।
८ बर्षका निर्देशक लभ यू बाबा यस शुक्रबार बाट प्रर्दशनमा आउदैछ । चलचित्रको प्रिमियर बुधवार गरिएको थियो ।हल बाट बाहिर निस्किदा
सवै दर्शकको आखा रसाएका थिए तर हल भित्रको माहोल भने फरक नै देखिन्थ्यो । चलचित्रको मध्यान्तर अघि दर्शकले पेट मिचिमिचि हास्नु पर्यो भने
मध्यान्तर पछि भने चलचित्रकि एक प्रमुख पात्र संगम बिष्टले सवैलाइ रुवाइन ।
आठ बर्षका बालकले निर्देशक गरेको चलचित्र भन्दा बिश्वास नै गर्न नसकिने चलचित्र लभ यू बाबालाइ तिनै ८ बर्षे निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन् । चलचित्रमा गजित बिष्ट , संगम बिष्ट , निश्मा घिमिरे , आशिष्मा नकर्मि , निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । शुक्रबार बाट चलचित्र देश भर प्रर्दशन हुदैछ ।