Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • प्रदिपको ‘लभ स्टेशन’मा के होला ? ट्रेलर सार्वजनिक

    कलिउड अपडेट , काठमाण्डौ । युवा स्टारको ट्याग पाएका अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक ट्रेलरमा प्रदीप र जसिताको लभ, रोमान्स र पीडालाई समेटिएको छ । यस्तै ट्रेलरमा जसिता र प्रेम भाव पनि देख्न सकिन्छ ।


    उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा सुवास सिंह बस्नेतको लेखन रहेको फिल्मलाई गोविन्द शाही, किशु शाही र कविर विक्रम शाहीले निर्माण गरेका हुन् । साथै फिल्ममा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, कुमार श्रेष्ठको एक्सन तथा आलोक शुक्लाको डीओपी छ ।

    यस्तै ‘लभ स्टेशन’ मा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, दिनेश काफ्ले लगायतले अभिनय गरेका छन् ।चलचित्र चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4