Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • भियतनाममा प्रदिप र जसिताको मस्ति

    कलिउड अपडेट ।
    चलचित्र लभस्टेशनको एक गीत ‘घाम जुन नै चाहिदैन’ छायांकन गरि भियतनाम बाट निर्माण यूनिट फर्र्किएको छ । आगामी चैत २२ गतेबाट रिलिजको घोषणा गरिएको फिल्ममा प्रदिप खड्का र जसिता गुरुङ फिचर्ड छन् । उक्त गीतमा भियतनामका सुन्दर लोकेशन देखाइएको छ ।

    फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार अमेरिका र भियतनाम युद्ध सम्बन्धी फिल्मसहित ‘किङकङ’, ‘एनाकोण्डा’जस्ता हलिउडको फिल्म छायाँकन गरिएको स्थान भियतनाममा फिल्म छायांकन गरिएको हो । गीत प्रेम दिवसको अवसर पारेर फागुन २ गते सार्वजनिक हुदैछ ।

    फिल्ममा उज्जवल घिमिरेको निर्देशन छ । सांगीतिक प्रेमकथाको फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको पनि अभिनय छ ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4