कलिउड अपडेट ।
२०७२ को बिनाशकारि भुकम्पको सम्झनामा विश्वकै लामो गीत निर्माण भएको छ । तरेली संगीत कुन्जको प्रस्तुति एव लोकगायक तथा सर्जक ओम बहादुर जिसिको लेखनमा तयार यो गीत १ घण्टा भन्दा बढि रहेको छ ।
रेशम थापा र मुना थापा मगरको आवाज रहेको यो गीतमा संगीत रेशम सापकोटाको रहेको छ । अडियो मात्र होइन यो गीतको भिडियो पनि निर्माण गरिएको छ जसको निर्देशन रेशम सापकोटाले नै गरेका छन् । याे भिडियो वल्ड कभर मिडिया को अफिसियल यूटुव च्यानल बाट सार्वजनिक गरिएको छ । विश्वकै लामो गीत भनिएको यो गीतमा रेशम सापकोटा , डोमा लामा , गोरेन चौधरी , मनिषा राइ , रोशनी सापकोटा , सुरेश शाहि , झलक संगीतम् , प्रकाशदिप गैरे , शुशिला कट्टेल , धु्रव पुन मगर , पबित्रा रिजाल , शुशिला थापा , रक्षा बास्तोला , कबिता गौतम , मनि राइ , उमाकान्त सापकोटा , सवनम सिलवाल , सरस्वती पोखरेल र उज्जव शर्माको अभिनय रहेको छ । भिडियोका सम्पादक र छायांकार बिरेन्द्र भाट बिपिन हुन् । यो गीतको निर्माता ओम बहादुर जिसि नै हुन् ।