पौष २९ , कलिउड अपडेट ।
चलचित्र लोग्ने मान्छे यहि माघ २३ गते देखि प्रर्दशन हुदैछ । चलचित्र लोग्ने मान्छे लाइ लय संग्रौला ले निर्देशन गरेका छन् । लामो समय सम्म नेपाल टेलिभिजनमा जनचेतना प्रदायक टेलिश्रंखला निर्देशन गरेका निर्देशक संग्रौलाले चलचित्र लोग्ने मान्छे मा सामाजिक सन्देश दिदै दर्शकलाइ भरपुर दिने बताएका छन् ।
कलिउड अपडेट संग कुरा गर्दै निर्देशक संग्रौलाले चलचित्र लोग्ने मान्छे नायीका नन्दिता केसि र नायक दिलिप रायमाझिको लागि एक राम्रो अवसर भएको बताएका छन् । नारि शोषण बिरुद्ध आवाज उठाएको यस चलचित्र हरेक परिवारले हेर्नु पर्नेमा उनको जोड छ । यस्तै चलचित्रका परिकल्पनाकार उत्तम केसि चलचित्रले मनोरन्जन का साथै समाजलाइ एक महत्वपूर्ण सन्देश दिने भएको कारण चलचित्रलाइ दर्शकले रुचाउने दाबि गर्छन् । चलचित्र लाइ प्रदिप मित्तलले निर्माण गरेका छन् भने चलचित्रमा दिलिप र नन्दिताको साथमा निक शर्माले पनि अभिनय गरेका छन् ।