लकडाउन जेठ २० गते सम्म

काठमाण्डौ ।
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउनलाई जेठ २० गते सम्म निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले जेठ २० सम्म लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले लकडाउन थपेको हो । हालसम्म नेपालमा २९५ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । ती मध्ये २ जनाको निधन भएको छ भने ३६ जना निको भएका छन् ।

Share the News

Related News

Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4