Like us on facebook

Advertisements

  • ‘लिलिबिलि’ को घोषणा , के पत्रकार बाटै असुरक्षित छन् प्रदिप ?

    भाद्र २७ , कलिउड अपडेट ।
    मंगलबार राजधानिको अन्नपूर्ण होटलमा चलचित्र ‘लिलिबिलि’ को घोषणा गरियो । मिलन चाम्सको निर्देशन रहने चलचित्र लिलिबिलि मा दुइ नायीका जसिता गुरुङ र जेबिका गुरुङ माझ नायक प्रदिप खड्का देखिए । बजारमा हल्ला चले अनुसार नै लिलिबिलिमा नायक प्रदिप खड्का अनुबन्धित भएका छन् । लिलिबिलिको टिम र स्कृप्टको कारण फिल्म साइन गरेको प्रदिप बताउछन् ।

    यो चलचित्रबाट नायक प्रदिप खड्का ले २२लाख पारिश्रमिक लिएको साथै बर्मा र थाइल्याण्डको राइट्स पनि लिएको बुझिएको छ । नयाँ बर्षमा रिलिज गर्ने लक्ष्य राखिएको यो चलचित्र साढे २ करोडमा निर्माण हुने बताइएको छ ।

    लिलिबिलिको घोषणा कार्यक्रममा २-२ जना बडिगार्ड सहित नायीका स्टेज चढे भने नायक खड्का ४ जना बडिगार्ड सहित स्टेज चढे । हल मा तथा भिडभाडमा बडिगार्ड हुनु स्वभाबिक नै हाे तर सिमित पत्रकार मात्र भएको स्थानमा पनि संगसंगै बडिगार्ड हुनुमा आवश्यकता भन्दा बढि देखाइएको हो कि भन्ने चाहि लाग्न सक्छ ।

    बडिगार्ड नायक नायीकाको सुरक्षाको लागि खटाइन्छ तर सिमित पत्रकार मात्र भएको कार्यक्रममा यस्तो देखिदा नायक नायीका पत्रकार बाट असुरक्षित छन् भन्ने अर्थ  पनि  लाग्छ । देखावटि हो या आवश्यकता यो बिषय चाहि निर्माण यूनिटलाइ नै थाहा होला । के अव नायक प्रदिप खड्का जहाँ जाँदा पनि बडिगार्ड लिएर हिड्लान् त ? यो प्रश्न सर्वत्र फैलिएको छ ।

    तस्विर श्रोत : अनलाइन खबर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4