भाद्र २१ , कलिउड अपडेट ।
चलचित्र लिलाको अर्को गित सार्वजनिक गरिएको छ । केहि समय अघि रिलिज गरिएको गित र ट्रेलरले सकारात्मक चर्चा पाएको थियो । मिसावट छ पिरतिमा भन्ने बोलको गित आज सार्वजनिक गरिएको हो । उक्त गीतमा युवराज चौलागाइको आवाज सुन्न सकिने छ भने गीतमा डा। कृष्णहरि बरालको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ।
सिने दर्पण ईन्टरटेन्मेंटको प्रस्तुति रहेको चलचित्रलाई रमेश कोइरालाको निर्देशन गरेका हुन्। कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्रमा लक्ष्मण बस्नेत र बिमला घिमिरे दंगाल को लगानी रहेको छ।
यहि भद्र ३० गतेबाट देशभर एकै साथ प्रदर्शन हुन लागेको चलचित्रमा राज कटुवाल, मलिना जोशी, संचिता लुइँटेल आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ।