Like us on facebook

Advertisements

  • लाउरेमा गायक नरेन लिम्बु नायक हुने ,पर्दामा नरेन र श्रृष्टिको रोमान्स

    कलिउड अपडेट , काठमाण्डौ ।

    चलचित्र मेकिङमा कुनै कम्प्रमाइज नगर्ने दुर्गिस फिल्मस् र निर्माता सुनिल रावलले आफ्नो आगामि चलचित्र लाउरेमा अर्को ससक्त टिम निर्माण गरेका छन् ।

    आस्था व्याण्डका गायक नरेन लिम्बु अब दुर्गिश फिल्मस्को व्यानरमा बन्न लागेको चलचित्र लाउरेमा मुख्य देखिने भएका छन् । गायन क्षेत्रमा ख्याति कमाइ सकेका नरेनलाई आज निर्माता सुनिल रावलले लाउरेका लागि अनुबन्धित गरि सम्झैता समेत गरेका छन् । निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र लाउरेमा नरेनका अलावा श्रृष्टी श्रेठ, विक्रम सिंह, मेरुना मगर सुमन चित्रकार लगायतका कलाकारहरुको अभिनय रहने छ ।

    यस भन्दा अगाडि चलचित्र जेरीको एउटा गीतमा देखीएका नरेन अब भने लाउरेमा एउटा बलियो भूमिकामा देखीदै छन् । गायन क्षेत्रमा स्थापित भइसकेका उनि अभिनयको क्षेत्रमा पनि स्थापित हुन्छु भन्ने आत्मविस्वाका साथ लाउरेमा अभिनय गर्न लागेको नरेनले बताए । यस चलचित्र निर्माणमा सुनिल रावललाई जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनले सघाएका छन् । आलोक शुक्लाको छायांकन रहने लाउरेमा जेशन कुँवर (नाइट व्याण्ड)को संगीत रहने छ । चलचित्रलाई चैत्र १५ देखी काठमाण्डौं, धरान र दार्जलिङमा छायांकन हुने जनाइएको छ

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4