जनक श्रेष्ठ कार्तिक १ , लमजुङ
लिटल मिस्टर एण्ड मिस लमजुङ २०१५ को मिस्टर तर्फको बेसीशहरको उपाधि निशान पौडेल र मिस तर्फको ताज सुर्यपालकी कृति गौतमले पहिरिएकी छन् । एकहजार ३० जना मध्ये छनौटमा परेका अन्तिम १३ जना प्रतिस्पर्धीलाई उछिन्दै बेसीशहरका १४ वर्षे निशान पौडेलले लिटल मिस्टरको उपाधि पाएका हुन् भने २१ जना प्रतियोगिलाई पछि पार्दै सुर्यपालकी १४ वर्षीया कृति गौतमले ताज पहिरिएकी हुन् । उपाधि बिजेता पौडेल बेसीशहरस्थित विद्याविकास उमावि कक्षा ८ का छात्र हुन् भने सुर्यपालकी गौतम बेसीशहरस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कुल कक्षा ८ की छात्रा हुन् ।
एक महिना लामो अभ्यास र छनौट चरण पार गरेर आएका ३४ जनाको समूहबीच भएको फाइनल अडिसनबाट उनीहरु विजयी बनेका हुन् । विजेता र उपविजेताहरु लाई नेपाली सिनेजगतका महानायक राजेश हमाल र चलचित्र निर्देशक बाबुराम ढकालले मेडल, ताज र उपाधिको खदा पहि¥याई दिएका थिए । प्रतियोगितामा विभिन्न शीर्षकमा छनौटमा परेका प्रतियोगीलाई जिल्लास्थित सञ्चारकर्मी, समाजसेवी तथा व्यवसायीहरुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा फस्ट रनर अप केटीतर्फ जस्मिन गुरुङ, सेकेण्ड रनर अपमा ईसिता घले र केटातर्फ फस्ट रनर अप शैलेस रिमाल र सेकेण्ड रनर अपमा सुमत कुसुम भएका छन् । प्रतियोगितामा अन्तिम ५ जनामा छनौट भएकालाई लिखित र मौखिक परीक्षा लिइएको थियो । प्रतियोगितामा मोष्ट कन्फिडेन्सको उपाधि मीना बस्नेत र मिसन रिमाल, एसएमएस क्वीनमा ईसिता घले र एसएमएस किङमा शैलेस रिमाल, मोस्ट क्यूटको उपाधी ममिता मिया र सन्देश वोहरा, बेस्ट फोटो जेनिकमा पूजा भण्डारी, बेस्ट पर्सनालिटीमा आश्रय घिमिरे र अनन्त भण्डारी, मोष्ट पपुलरमा सविता गुरुङ र प्रिन्स श्रेष्ठ, मोष्ट डिसिप्लिनमा दिप्ती रामदाम र गौरव विसुरालले जितेका छन् । यस्तै बेस्ट परफरमेन्स शर्मिला परियार र प्रेम गुरुङ, बेष्ट वाल्कमा प्रियंका रावल र दिपेन्द्र गुरुङ, मोष्ट ट्यालेन्टमा कामना गुरुङ र समीप थापाले जितेका छन् । प्रतियोगितामा सहभागीले विभिन्न जातीय भेषभुषामा सास्कृति प्रस्तुत समेत गरेका थिए । अडिसनका क्रममा मस्र्याङ्दी नाट्य समूहले प्रदर्शन गरेको नाटकले दर्शकको मन छोएको थियो । ८ बर्ष देखि १५ बर्ष सम्मका उमेर समूहका बालबालिकालाई सहभागी गराइएको प्रतियोगितामा १ हजार ४० जनाबाट दुई चरणको अडिसन मार्फत ३४ जना छनौट गरिएको थियो । छनौटमा परेका ३४ जनालाई आत्मविश्वास बढाउने खालका तालिम प्रदान गरेर फाइनल अडिसन गरेको आयोजक आरएस ईन्टरटेन्मेन्टका म्यानेजर अर्जुन भुषालले बताए । कार्यक्रममा बोल्दै महानायक राजेश हमालले बाल बालिकाको प्रतिभा प्रष्फुटन गर्न लिटल मिस्टर एण्ड मिस जस्ता प्रतियोगिताले योगदान पु¥याउने विश्वास व्यक्त गरे । प्रतियोगितामा कोही अगाडी पछाडी हुनु स्वभाविक भन्दै अनुभव लिने र व्यक्तित्व विकास महत्वपुर्ण रहने पनि हमालले बताए । कार्यक्रममा नेपाली काँग्रेस लमजुङका सभापति कृष्णप्रसाद कोइराला, एमाले उपाध्यक्ष गुमानसिंह अर्याल, एकीकृत नेकपा माओवादी जिल्ला अध्यक्ष पारसमणि पौडेल, प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकाल लगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी, सहभागी बालबालिकाको अभिभावक लगायत सर्वासाधारणको उपस्थिति रहेको थियो ।