बैसाख २६ , कलिउड अपडेट ।
बिभिन्न चलचित्रमा नायक दयाहाङ राइका बिभिन्न क्यारेक्टर देखिसकेका छौ । यस्तै अर्को भिन्न क्यारेक्टरमा फेरी उनि पर्दामा आउदैछन् । जेठ २६ गते बाट प्रर्दशनमा आउने चलचित्र लालटिनमा दयाहाङ साइलेन्ट क्यारेक्टर मा देखिने चलचित्रका निर्माता भानु प्रतापले कलिउड अपडेट लाइ जानकारी गराएका छन् ।
चलचित्रको मुख्य पात्र दयाहाङको डायलग चलचित्रमा धेरै छैन तर अभिनय र एक्सप्रेसनले उनको क्यारेक्टरलाइ अझ ससक्त बनाएको निर्माताको भनाइ छ । एक्सन , कमेडि , लभ , ट्रेजेडि सहित मल्टि स्टारर् फिल्म लाल्टिनमा दयाहाङ राइ र प्रियंकाको जोडि पुन एक पटक देख्न सकिन्छ । चलचित्रमा प्रियंका दयाहाङकि चमेलि बनेकि छिन् । दयाहाङ र प्रियंका संगै चलचित्रमा अर्जुन जंग शाहि , ए गुरुङ , शिशिर भण्डारी र जनक बर्तौला लगायतका कलाकारको अभिनय रहेको छ । यसै चलचित्र बाट निर्जन थापा र राज कटुवाल डेव्यू पनि गर्दैछन् । चलचित्रलाइ देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।