Like us on facebook

Advertisements

  • लक्का जवानको पहिलो गीतमा दिलिप र प्रियंका संग को को ?

    कलिउड अपडेट ।
    चलचित्र लक्का जवानको पहिलो गीत सार्वजनिक गरिएको छ । हास्यकलाकार शिवहरि पौडेलको निर्देशनमा बनेको फिल्म लक्का जवान कमेडि जनरामा निर्माण गरिएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको संगीत र डिपि खनालको शव्द रहेको छ । गीतमा बाबुल र मिना निरौलाको आवाज रहेको छ भने कोरियोग्राफि कबिराज ले गरेका हुन् ।

    बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका सम्पूर्ण कलाकार देख्न सकिन्छ । किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतले गीतमा ठुम्का लगाएका छन् । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

    फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । चैत २१ गते फिल्म रिलिज हुने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4